निगमको बोइङ खरिद गर्न अमेरिकी कम्पनीको चासो


SHARES

काठमाडौं । सात महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाल वायुसेवा निगमको बोइङ ७५७ (गण्डकी) खरिदका लागि तीनवटा अमेरिकी कम्पनीले चासो देखाएका छन् ।

अमेरिकाको एभियोन, एमके एभिएसन र सीएसडीएस कम्पनीले निगमसँग भएको दोस्रो बोइङ ’गण्डकी’ खरिद गर्न चासो देखाएको निमगले जनाएको छ । 

निगमले प्रक्रिया पुरा भए तीन साताभित्र बोइङ बिक्री गर्ने बताइएको छ । निगमले १८ दिनअघि दर्खास्त आह्वान गरेको थियो । नाइन–एनएसीबी कल साइनको उक्त जहाजको सिरियल नम्बर २३८६३ छ भने मोडल बी ७५७–२एफ ८ सीबी छ । सन् १९८८ मा उत्पादित यो जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV