मकालु गाउँपालिका अध्यक्षमा तेजबहादुर पोख्रेल विजयी


SHARES

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार तेजबहादुर पोख्रेल विजयी भएका हुन् ।

३०१८ मत ल्याएर पोखरेल विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विमन पराजुलीले २२१६ मत ल्याए । ८०२ मतान्तरले पोखरेल विजयी भएका हुन् ।

९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत खसेको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV