पत्रकारद्वयलाई सेजन अवार्ड


SHARES

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को स्थापना दिवसको अवसरमा दुई जना आर्थिक पत्रकार सम्मानित भएकाछन् । कान्तिपुर दैनिकका मातृका दाहाल र विद्युतीय माध्यमतर्फ काठमाडौँ प्रेश डट कमका केदार दाहाल सम्मानित भएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले दाहालद्धयलाई ५०र५० हजार रुपैयाँ सहित सम्मान गरेका थिए । मातृकाको नागरिक दैनिकमा छापिएको ‘ललिता निवासको जग्गा हिनामिना’ शिर्षको सामाचार छनौटमा परेको थियो । हाल उनी हाल कान्तिपुर दैनिकमा कार्यरत छन् ।

यसैगरी विद्युतीय सञ्चार माध्यमतर्फ काठमाडौं प्रेसका केदार दाहालको ‘काठमाडौँ–हेटौडा सुरुङ मार्ग बनेन, सर्वसाधारणको करोडौँ डुब्यो’शिर्षकको सामाचार अवार्डका लागि छनौट भएको थियो ।

यस्तै, सेजनले आर्थिक पत्रकारिता गर्ने चार जना पत्रकारलाई समेत सम्मान गरेकोे छ । सम्मानित हुनेमा गोरखापत्र दैनिकका जुनारबावु बस्नेत, इमेज टिभी तथा सेजनका संस्थापक रामप्रसाद दाहाल, सुनाखरी डटकमका सम्पादक शिव दुवाडी तथा सञ्चारिकाकी अध्यक्ष नितु पण्डित रहेका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV