प्रदेशसभा बागलुङ-२ (ख)अपडेट: काँग्रेस १६२७, बाम गठबन्धन १५४६



बागलुङ । बागलुङ क्षेत्र नम्बर २ (ख) पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले अग्रता लिएका छन् ।

शेरचनले १६२७ मत प्राप्त गरेका छन् । संयुक्त बाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाहीले १५४६ मत ल्याएका छन् ।

यस्तै, समाजवादी पार्टीका ओशक बिकले ८२, स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले १५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ७ मत र राप्रपा संयुक्तका निमबहादुर भण्डारीले १० मत पाएका छन् ।

अहिलेसम्म ढोरपाटन १, निसीखोला १, तमाखोला १ को मतगणना सकिएको छ । अहिलेसम्म ५७ मत बदर भएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV