आशा लघुवित्त रजहर शाखाद्वारा तीन दिने शिपमुलक तालिम


SHARES

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड नवलपरासी रजहर शाखाले महिलाहरुलाई शिपमुलक तालिम दिएको छ । संस्थाले ४० जना सदस्य महिलाहरुलाई तीन दिने तालिम दिएको हो ।

नवलपरासी देवचुली नगरपालिका १६ स्थित उक्त उद्यमशील तथा स्वरोजगार हुने तालिम दिइएको शाखाका प्रबन्धक मोहन कृष्ण खरेलले जानकारी दिए ।

रजहर शाखाले विभिन्न केन्द्रमा आबद्ध विपन्न परिवारका महिला सदस्यहरुलाई सरप, स्याम्पु र अचार बनाउने तालिम दिएको हो । सहभागी महिलाहरुलाई कल्याणी खरेलले प्रशिक्षण दिएको संस्थाले जनाएको छ । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलालाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पु¥याउदै आएको छ ।

साथै प्रत्येक घर परिवारलाई उद्यमि बनाउनको लागी सरल, सहज रुपमा विना धितो कर्जा लगानी गर्ने गरेको छ । यस संस्थाको केन्द्रीय कार्यालय प्रदेश तीनको नुवाकोट जिल्लाको ककनीमा रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV