कास्की २ मा विद्या भट्टराई विजयी


SHARES

पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ ।

भट्टराईले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मत बढी ल्याएकी हुन् । उनले २४ हजार ३९५ मत ल्याएकी छन् भने कांग्रेसका पौडेलले १५ हजार ९८६ मत ल्याएका छन् ।  

कांग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV