आइसियुबाटै पक्राउ परे बलात्कार आरोपी सिद्धबाबा


SHARES

सुनसरी । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाई प्रहरीले पक्रेको छ । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीले ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाईलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगरस्थित विराट नर्सिङ होमबाट प्रहरीले सोमबार बिहान ५ बजे गिरीलाई पक्राउ गरेको जनाएको छ । बलात्कारको आरोप लागे लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता बिनोद शर्माले बताए ।

सोमबार बिहानै भक्तजनसँग पुनः भेटघाट सुरु गरेपछि उनलाई पक्रेको शर्मालेब बताए । सिद्धबाबालाई सोमबार नै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV