यस्तो छ उपनिर्वाचनको अन्तिम परिणाम : नेकपा ३२, कांग्रेस १३ स्थानमा विजयी


SHARES

काठमाडौं । गत शनिबार सम्पन्न उपनिर्वाचको सबै परिणाम प्राप्त भएको छ ।

निर्वाचनको अन्तिम परिणामअनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३२ स्थानमा विजय हासिल गरेको छ । त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस १३ स्थानमा विजयी भएको छ ।

त्यसैगरी साझा र विवेकशिल पार्टीले भने निर्वाचनमा चर्चा भएजस्तो प्रदर्शन गर्न सकेनन् । यसले वैकल्पिक शक्ति निर्माण गर्ने भनेर कस्सिएकाहरुलाई धक्का पुगेको छ ।

नेकपाले प्रतिनिधि सभा १, प्रदेशसभा १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न स्थानका २४ वटा वडा गरी कुल ३२ स्थानमा विजय हात पारेको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा १, उपमहानगरपालिकाको प्रमुख १ तथा विभिन्न स्थानीय तहका ११ वटा वडाध्यक्ष गरी कुल १३ स्थानमा विजय हात पारेको छ ।

प्रतिनिधिसभाअन्तर्गत कास्की २ मा भएको उपनिर्वाचनमा नेकपाले आफ्नो विरासत जोगाएको छ भने प्रदेशसभातर्फ भक्तपुर १ (क)मा भने नेकपाको विरासत कांग्रेसले खोसेको छ । त्यहाँ कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् ।

प्रदेशसभातर्फ नै दाङ ३ (ख) र बागलुङ २ (ख)मा नेकपा र जनमोर्चाले जित दोहोर्याएका छन् भने धरान नेकपासँग कांग्रेसले उपमहानगरप्रमुखको विरासत खोसेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV