प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्र कल्पना गर्न सकिँदैन : प्रदेश सभामुख घर्तीमगर


SHARES

काठमाडौं । प्रदेश नं. ५ का सभामुख पूर्ण घर्तीमगरले प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन् ।

फोनिज प्रदेश ५ को प्रथम प्रादेशिक महाधिवेशनको सोमबार पाल्पाको तिनाउँ गाउँपालिकास्थित सुकेतालमा उद्घाटन गर्दै सभामुख घर्तीमगरले यस्तो बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र पुरानो संसदीय व्यवस्थाको निरन्तरता नभएको पनि प्रष्ट पारे । यो व्यवस्थालाई नयाँ मौलिकतासहिको व्यवस्थाका रुपमा अथ्याएका सभामुख घर्तीले यसको सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभाबाट कानून बनाउँदा प्रेस स्वतन्त्रतालाई जहिल्यै ध्यान दिएको बताउँदै उनले स्वतन्त्रता भन्दैमा छाडा हुन भने नहुने बताए ।

कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरलगायतले शुभकामना दिएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV