बिरामी महिलाको अश्लील भिडियो पोर्न साइटमा बेच्ने यी डाक्टर !


SHARES

एजेन्सी । स्त्रीरोग विशेषज्ञ डाक्टरले बिरामी महिलाको अश्लील भिडियो बनाएर पोर्न साइटलाई बेच्ने गरेको खुलेको छ । आरोपी चिकित्सकलाई पुलिसले नियन्त्रणमा लिएको छ ।

गाइनेकालोजिस्ट डा.ब्याचेस्लाभ त्रिपोललाई अहिले पुलिसले अनुसन्धान गरिरहेको छ । त्यहाँ यी डाक्टर चर्चाको नाम थियो । चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि उनलाई हिरासतमा राखिएको छैन ।

डाक्टरले महिला बिरामीको न्युड भिडियो पोर्न साइटमा राख्ने गरेका थिए । एक महिला बिरामीले आफ्नो न्युड भिडियो पोर्नसाइटमा देखेपछि यो घटना सार्वजनिक भएको हो ।

बिरामी महिलाको उजुरीका आधारमा प्रहरीले छापा मारेर गोप्य ठाउँमा राखिएका क्यामेरा बरामद गरेको छ । ती डाक्टरको लाइसेन्स रद्द गरिएको छ ।

डाक्टरले गोप्य क्यामेराको माध्यमबाट दर्जनौँ महिलाको भिडियो खिचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पोर्नसाइटमा दर्जनौँ महिलाको भिडियो भेट्टिएको छ ।

चिकित्सक दोषी ठहरिएमा सात वर्ष जेल सजाय हुन्छ । उनले भविष्यमा चिकित्सक पेशामा काम गर्न पाउने छैनन् । 

डाक्टरले भने आफूलाई यो विषयमा जानकारी नभएको बताएका छन् । उनले आफ्ना प्रतिस्पर्धी चिकित्सकले यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।यो घटना युक्रेनको हो । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV