टिपरकाे ठक्करबाट मध्यपुर ठिमीमा उदयपुरे युवाको मृत्यु


SHARES


काठमाडौँ । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस सडकमा टिपरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विक रहेका छन । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिपरले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लैजानेक्रममा मृत्यु भएको जानकारी दिए ।

बा.३ ख. २५३१ नंको टिपर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङ पनि पक्राउ परेका छन । ठक्कर दिई फरार रहेको टिपर सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडाैँ काेटेश्वर तीनकुनेबाट पक्राउ प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV