षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिन्छः मुख्यमन्त्री राई


SHARES


भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताएका छन । बालागुरुको १८५ आै जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्ने बताएका हुन ।

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउँदै मुख्यमन्त्री राईले भने, ‘उनको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर, यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’

मुख्यमन्त्री राईले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास गरेका छन । मुलुकमा सती प्रथा अन्त्य गर्न र शिक्षाको ज्योति छर्न बालागुरुको योगदान रहेको मुख्यमन्त्री राईको तर्क छ । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV