साग पुरुष फुटबलः भुटानसँग बंगलादेश पराजित


SHARES

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटान विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा बंगलादेशलाई १–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा बराबरी सकिएको थियो । दोस्रो हाफको ६४ औं मिनेटमा भुटानका चेन्चोले गरेको गोल नै निर्णयक बन्यो ।

थप समयमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि भुटानले १–० को जित सुनिश्चित गर्यो ।

भुटानले भोली नेपालसँग दिउँसो १ बजे खेल्नेछ । यस अघि भारतले खेलबाट नाम फिर्ता लिएपछि दोस्रो पटक सार्वजनिक गरेको ड्र मा २४ घण्टा नपुगि खेल्नुपर्ने बाध्यता परेको छ ।

खेलअघि भएको प्रेस कन्फरेन्समा पाहुना टोलीका प्रशिक्षकहरुले खेलतालिकाको विरोध गरेका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV