वडा सदस्यमा पराजित तिलक राई २२ वर्षमा बने धरानको प्रमुख


SHARES

काठमाडौं । पूर्वी नेपालको कम्युनिष्टको किल्ला भनेर चिनिने सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राईले विजयी भएका छन् ।

विक्रम संवत २०४६ सालपछि भएका सबै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा यस उपनिर्वाचनमा राईकै बलमा कांग्रेसले माजी मार्यो ।

निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए । तिलकले नेकपाका प्रकाशलाई २ हजार ७९५ मतले पराजित गरेका हुन् ।

९२ हजार ८ सय ५३ मतदाता रहेको धरानमा ५४ हजार ८४६ मत खसेको थियो । तिलकसँगै चुनावी मैदानमा रहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अजम्बरबहादुर लिम्बुले एक हजार १३१ र समाजवादी पार्टी नेपालका गजेन्द्रबहादुर लिम्बुले ७५५ मत प्राप्त गरे ।

निर्वाचित तिलक २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए । अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने धेरैले भोट बढाए ।

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनपछि उपनिर्वाचन भएको थियो ।

को हुन तिलक राई ?

०३१ साल कात्तिक २ गते स्व मित्रकुमार र गंगा राईको कोखबाट धरानमै जन्मिएका तिलक राईको बसोबास धरान १८ मा छ ।

धरानको डिपो माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका उनले महेन्द्र बहुमखी क्यापस धरानबाट आइकमसम्मको अध्यन गरेका छन् ।

राईको राजनीतिक यात्रा

२०४७ देखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति गरेका राई २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडा नम्बर १८ को सदस्य पद्को उम्मेदवार बनेका थिए । तर, पराजित भए । वडा सदस्यमा पराजित राई धरान उपमहानगरकै प्रमुख निर्वाचित बने ।

२०५४ सालमा नेविसंघ धरान सचिव भएका राई २०५५ मा तरुण दल धरान नगर समिति सदस्य बन्दै २०५७ मा तरुण दल नगर अध्यक्षको जिम्मेवारीमा पुगे ।

२०६२ सालमा नेपाली कांग्रेस नगर सचिव भएका राई २०६६ सालमा नेपाली कांग्रेस धरान सभापतिको उम्मेदवार बने । तर, चुनावमा पराजित भए ।

२०७२ मा सम्पन नगर अधिवेशनमा धरानको सभापति बनेका राई २०७४ सालमा उपमहानगरको प्रमुख पद्को उम्मेदवार बनेका थिए ।

किराँत राई यायोख्याको केन्द्रीय अध्यक्ष भइसकेका उनी नेपाल रेडक्रस सोसाइटी सुनसरी सचिवको, उद्योग वाणिज्य संघको कार्यकारी सचिव, सप्तकोसी बस व्यवसायी संघका अध्यक्ष, नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष, नेपाल शारीरिक सुगठनको ‘ख’ श्रेणीको निर्णायक रेफ्री पनि हुन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV