ट्राफिक जामले हैरान भए युवा, बनाए आफ्नै हेलिकप्टर !


SHARES

एजेन्सी । तपाईं ट्राफिक जाममा पर्दा उडेर जान पाए हुन्थ्यो भन्ने कल्पना गर्नुहुन्छ ? धेरैले यस्तो कल्पना गरेका हुन्छन् । यस्तै कल्पनालाई वास्तविकतामा पुर्याउनका लागि इन्डोनेसियाको जाकार्ताका एक युवा जुजुन जुनैदीले आफ्नै हेलिकप्टर बनाएका छन् ।

जुनैदी दैनिक हुने ट्राफिक जामका कारण समस्यामा थिए । त्यसैले उनले उडेर सम्बन्धित ठाउँमा पुग्नका लागि हेलिकप्टर बनाएका हुन् । गाडीका मेकानिक जुनैदीले हेलिकप्टर बनाउन लागेको १८ महिना भएको छ । यसमा उनले झण्डै २ लाख रुपैयाँ खर्च गरिसकेका छन् ।

जुनैदीले हेलिकप्टरको लम्बाइ २६ फिट रहेको र यसमा पेट्रोल लाग्छ । ७०० सिसि र २३ हर्जपावरको जेनेरेटर लगाएका जुनैदीको हेलिकप्टर अहिलेसम् मभने परीक्षण गरिएको छैन ।

जुनैदीको हिम्मतलाई उनका छोराले पनि साथ दिएका छन् । २०१९को अन्तिम वा २०२०को सुरुवातमा यसको निर्माण सम्पन्न हुने र परीक्षण गरिने उनले बताएका छन् । हेलिकप्टरका लागि उनले दैनिक हुने कमाइको निश्चित प्रतिशत रकम लगाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV