सरकारले कास्कीको प्रतिनिधिसभा उपचुनावमा धाँधली गर्यो : देउवा


SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार कांग्रेस नेता स्व भिमबहादुर तामाङको ७औं स्मृति सभामा बोल्दै देउवाले प्रशासन लगाएर सरकारले उपचुनावमा धाँधली गरेको आरोप लगाए ।

कास्की पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउदै सभापति देउवाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेसविरुद्ध प्रयोग गरेको बताए । कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको देउवाको दावी छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता सरकार प्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताए । निर्वाचनको नतिजाले जनता सरकार सँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत प्राप्त भएको उनको भनाइ छ ।

कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको पौडेलले बताए । नेताहरुले उपनिर्वाचन परिणामलाई गम्भीर ढंगले समिक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV