पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


SHARES

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको जनाएको हो।

ईण्डियन आयल कर्पोरेसनले डिसेम्बर १ देखि नयाँ खरिद मूल्य बढाएपछि मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ हुनेछ।

तर हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै छ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV