१३ औं साग : नेपाललाई एकै दिन १५ स्वर्ण


SHARES

काठमाडौं । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पहिलो दिन १५ स्वर्ण जितेको छ ।

सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट मात्र १४ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित खेलकुद परिसरमा सम्पन्न कराँते र तेक्वान्दो गरी दुई विधामा नेपालले सामान सात सात स्वर्ण पद जित्यो । त्यसैगरी, पोखरामा सम्पन्न ट्रायथलनबाट एक गरी नेपालले पहिलो दिन १५ स्वर्ण हात पारेको हो ।

करातेको एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले पाकिस्तानका नियमतुल्लाहलाई पराजित गरी स्वर्ण पदक जिते ।

श्रेष्ठले २६.७२ अङ्क प्राप्त गर्दा पाकिस्तानी खेलाडी नियमतुल्लाहले २४.९२ अङ्क पाए । उनले पुरुष एकल काता तर्फ जितेको स्वर्ण नै नेपालको लागि तेह्रौं सागमा पहिलो स्वर्ण पदक बन्न पुग्यो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV