किन लाग्दैछ चीनतर्फ लर्को ?


SHARES

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगन गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार यही विषयमा छलफल गरेपछि सोमबार दाहालले पूर्वनिर्धारित कार्यताकिा संशोधन गरेका हुन् ।

दाहालको भ्रमण केही महिनाका लागि स्थगन भए पनि नेकपासहित दलका नेता र सरकारी अधिकारीहरू चीन जाने र चिनियाँ अधिकारीहरू नेपाल आउने क्रम भने निकै बढेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल असोज ३० गते चीन पुगेर फर्किए । नेकपा स्कुल विभागका उपप्रमुखद्वय र देवेन्द्र पौडेलसहितको टोली असोज २८ गते चनी पुगेर फर्कियो ।

यही समयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि टोलीसहित चीन भ्रमणमा थिए ।

केन्द्रीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको छुट्टाछुट्टै टोलीले चीनको लगातार भ्रमण गरिरहेको छ । कतिपय जाने पालो कुरेर बसिरहेका छन् ।

यो खबर आजको कान्तिपुरमा बिनु सुवेदीले लेखेकी छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV