बलात्कार प्रकरणमा सिद्धबाबालाई चार दिन हिरासतमा राख्न अनुमति


SHARES

काठमाडौं । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।

पक्राउ गर्न प्रहरी खटिएपछि विराट नर्सिङ होम विराटनगरको आइसियुमा भर्ना भएका उनलार्ई सोमबार बिहान पक्राउ गरी अदालतमा पेस गरिएको थियो ।

न्यायाधीश धर्मराज पौडेलले गिरीलाई चारदिने अनुसन्धानको म्याद दिएको खबर आजको नागरिक दैनिकमा अमर खड्काले लेखेका छन् ।

बिरामी भएकाले अस्पतालमा पनि जँचाउन र अनुसन्धान पनि गर्न अदालतले आदेश दिएको जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV