तुइनमुक्त घोषणाका दुई वर्ष पुग्नै लाग्दा पनि तुइनबाटै कर्णाली वारपार


SHARES

काठमाडौं । सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् ।

कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरिँदा हुम्लावासीलाई जोखिम उठाएरै भए पनि तुइनबाट वारपार गर्न बाध्य छन् ।

सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए पनि आजसम्म चलेको सर्केगार्ड गाउँपालिका वडा नं. ४ का बबर पालले बताए ।

आँखा चिम्म गरेर तर्नुको विकल्प नभएका कारण जनताले सास्ती खेपिरहनु परेको छ । पुल निर्माणको माग गरिए पनि त्यो पूरा नहुँदा जनतालाई तुइन तर्नु बाध्यता भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावलले सिमकोटबाट लेखेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV