धरानमा सत्ता पल्टियो


SHARES

काठमाडौं । धरान नगर प्रमुख पदका लागि मंसिर १४ को भएको उपनिर्वाचनको मतगणना सुरु भएदेखि नै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लागि सुखद भएन ।

नेकपाले वडा नम्बर सातको अध्यक्ष त जोगायो तर प्रमुख (मेयर) पदमा दुई हजार सात सय ९५ मतान्तरले विरासत गुमायो ।

नेकपाको यो हारसँगै अब धरान ‘लालकिल्ला’ पनि रहेन । यहाँ पञ्चायतकाल र २०४६ सालको परिवर्तनपछिका हरेक चुनावमा कम्युनिस्ट पक्षधर उम्मेदवारले जित्दै आएका थिए ।

कांग्रेसले पहिलो पटक धरानमा विजयको झन्डा फहराउन सकेको घिल्लो पटकको स्थानीय तह निर्वाचनमा पराजित कांग्रेसका उम्मेदवार तिलक राईले दोस्रो पटकमा सफलता हात पारे ।

अघिल्लो स्थानीय तह निर्वाचन २०७४ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन । त्यसबेला एमाले एक्लैले मेयर, उपमेयरसहित १४ वटा वडा जितेको थियो भने माओवादीले एउटा वडा जितेको थियो ।

तर अघिल्लो चुनावमा बहुमतले जितेर पकड बनाएको वडामा यसपालि नेकपाको जनमत कमजोर देखिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा रोहित राईले लेखेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV