त्रिवि उपकुलपतिले के गरे एक महिनामा ? केही गरेनन् गफगाफ गरे


SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. धर्मकान्त बाँस्कोटालाई उपकुलपति नियुक्त गरेको आज एक महिना पूरा भएको छ । तर देखिने गरी कुनै काम भएको छैन ।

सोध्नेहरूलाई उनले ‘परिचयात्मक गतिविधि हुँदै छ’ भन्ने गरेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।

पदभार ग्रहण गर्ने क्रममा बाँस्कोटाले त्रिविलाई राजनीतिबाट मुक्त गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने बताएका थिए ।

यस अवधिमा उनी अधिकांश समय विभिन्न निकायसँगको भेटघाटमा देखिए । उनको योजनाको बारेमा पत्रकार भेटघाट गर्न पुग्दा भन्ने गरेका थिए, ‘अहिले म केही पनि बोल्दिनँ, बोल्ने बेलामा तपाईंहरूलाई बोलाउँला ।’

त्रिविका एक अधिकारीका अनुसार उनले अहिलेसम्म केही गरेका छैनन् । केबल गफगाफ गर्ने अनि यो गर्छु र त्यो गर्छु मात्र भन्ने गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV