मेसीलाई छैटौं पटक बालोन डिआर


SHARES

काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीले कीर्तिमानी छैटौंपटक बालोन डिआर जितेका छन् ।

फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीले यो अवार्ड हात पारेका हुन् । मेसीले २०१९ को उत्कृष्ट खेलाडी हुँदै युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

अवार्ड जितेसँगै मेसी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बने ।

उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV