एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा


SHARES

काठमाडौं । एलजीले जाडो महिनाको लागि नयाँ कन्डेन्सर ड्रायर नेपाली बजारमा भित्र्याएको छ ।

कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजी जडान गरिएको छ । उक्त प्रविधिले लुगामा भएको ओस अनुसार सही तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउछ ।

यसमा ठूलो ड्रमको क्षमता भएकोले धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । ¥याक निर्मित हुनाले नाजुक कपडा, कपडाको खेलौना तथा जुक्ताहरु नघुमाईकन सुकाउन सकिने एलजी ब्राण्डका मार्केटिङ म्यानेजर पुरुषोतम भण्डारीको भनाइ छ ।

भण्डारीको अनुसार टु स्टिम र टु वे टम्बिलिङ टेक्नोलोजीले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एलजीको वासिङ्ग मेसिनसँगै सजिलै जडान गर्न सकिने भण्डारीले बताए ।

साथै, एलजीसँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जसले कपडा धुनुका साथै शतप्रतिशत सुकाउछ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV