तमु ट्हो ह्युल हङकङ महिला विभागद्वारा तमु साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण



  • हुम तमु

पोखरा । तमु ट्हो ह्युल हङकङ महिला विभागले तमु विद्यार्थी छात्रवृत्तिका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई २ लाख ५० हजार हस्तान्तरण गरेको छ । महिला विभागकी अध्यक्ष कविता गुरुङले प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ र कोषाध्यक्ष कौशिला गुरुङलाई उत्त रकम हस्तान्तरण गरेकी हुन् ।

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई शिक्षाप्रति प्रोत्साहित गर्न एक दशक अघिदेखि क्रियाशील प्रतिष्ठानको अभियानमा महिला विभागले सहयोग गरेको हो ।

प्रतिष्ठानको शिक्षाप्रतिको अत्यन्तै राम्रो अभियानका लागि महिला विभागले हङकङमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ प्रथम तमु भेला आयोजना गरी उक्त रकम संकलन गरेको थियो । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको प्रमुख आतिथ्यतामा च्यारिटी गरिएको थियो ।

रकम हस्तान्तरण गर्दै गुरुङले प्रतिष्ठानको असल कार्यमा आफूहरुले पनि सहभागीता जनाएको बताइन् । प्रतिष्ठानमार्फत तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न महिला विभागले पहिलो पटक आयोजना गरेको कार्यक्रमका दिन हङकङमा आन्दोलन भए पनि सहयोगी, शुभेच्छुकहरुको सहभागीताले रकम संकलनका साथै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको उनको भनाइ थियो ।

कार्यक्रमका प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले तमु साँस्कृतिक प्रतिष्ठानको उद्धेश्य, गतिविधी र योजनाका बारेमा प्रष्ट पार्दै अहिले ९१ जना तमु विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरिरहेको र आउदो वर्षमा करिब १३० जनाले छात्रवृत्ति प्राप्त गर्ने बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV