राप्रपा अध्यक्ष थापा र आइडियुका अध्यक्षबीच अमेरिकामा भेटवार्ता


SHARES

अमेरिका । अन्तरर्राष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु)को अन्तरर्राष्ट्रिय सम्मेलन अमेरिकामा सुरु भएको छ । क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गरे ।

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । नेपाली प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी छन् ।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनाका साथै परम्परागत मूल्यमान्यता र संस्कृतिको संवद्र्धन आदि विषयमा विचारविमर्श हुने बताइएको छ ।

वासिङ्गटन डिसीमा आइडियु अध्यक्ष हार्पर र राप्रपा अध्यक्ष थापाबीच शिष्टाचार भेट भएको छ ।

भेटका अवसरमा विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यसैबीच अध्यक्ष थापा र एशिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस एडवार्ड्सबीच पनि शिष्टाचार भेट भएको छ ।

सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहेको जनाइएको छ ।

यसैगरी राप्रपा अध्यक्ष थापाले अष्ट्रेलियाका लिबरल पार्टीका नेता बुर्से एड्वाडर्सलाइ पनि भेटेका छन् ।  भेटमा प्रजातन्त्र, मानवअधिकार, लिबरल पार्टी र राप्रपा बीच सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV