महिला फुटबलः भारत फाइनलमा, सावित्राको कीर्तिमानी गोल



पोखरा । १३ औं दक्षिण एशियाली खेलकूलद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

भारतले आजकै पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो ।

महिला फुटबलमा आज नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ । नेपालले २–० को अग्रता लिएको छ ।

सावित्राको रेकर्ड

महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । पोखरामा साग महिला फुटबलमा माल्दिभ्सविरुद्ध गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेकी हुन् । सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामालाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ औं अन्तर्राष्ट्रिय गोल थियो । पछि खेलको २२ औं मिनेटमा पनि सावित्राले गोल गरिन् ।  उनले ३७ औं अन्तर्राष्ट्रिय गोलसमेत पूरा गरेकी छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV