यी हुन् जिल्ला हाँक्ने ७ महिला सिडिओ


SHARES

काठमाडौं । गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार ७ महिला अहिले प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर उदाहरणीय काम गरेका छन् । पछिल्लाे समय राज्यका विभिन्न निकायमा महिलाले सक्षम नेतृत्व दिएका छन् । 

भक्तपुरमा हुमकला पाण्डे, रामेछापमा लिलाकुमारी केसी पाण्डे, तेह्रथुममा चन्द्रकला ओली, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बञ्जाडे र हुम्लामा विनिता भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

अरु सबै जना रा.प.द्वितीय श्रेणी भए पनि हुमकला पाण्डे रा.प.प्रथम श्रेणीकी सिडिओ हुन् ।

कल्पना घिमिरे ‘नेपाल’

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे उपसचिव हुन । काठमाडौँ महानगरपालिका ३२ काठमाडौं स्थायी घर भएकी उनी २०६६ सालमा शाखा अधिकृत हुँदै निजामती सेवामा प्रवेश गरेकी हुन ।

घिमिरे ०७२ सालमा उपसचिव भएकी थिइन् । ०७५ साल जेष्ठ २७ गतेदेखि पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवार सम्हालिरहेकी छन् ।

दुर्गा बञ्जाडे

दुर्गा बञ्जाडे २०६८ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनी जुम्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।
०७३ सालमा उपसिचव बनेकी बञ्जाडे छत्रदेव अर्घाखाँची घर भएकी बञ्जाडे शिक्षामा जनप्रशासनबाट स्नाकोत्तर पास गरेकी छन् ।

गोमादेवी चेमजोङ्ग

गोमदेवी चेमजोङ्गले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरा गरेकी छन् । २०६३ सालमा शाखा अधिकृत निजातमी सेवामा प्रवेश गरेकी चेमजोङ्गले भोजपुरमा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरा गरिन् ।

व्यवस्थापनमा स्नातकोत्तर पास गरेकी चेमजोङ्ग अहिले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारीको रुपमा कर्यरत छन् ।
भोजपुरमा ०७४ सालमा प्रजिअ भएकी चेमजोङ्ग २०७६ बैशाखदेखि सिन्धुपाल्चोक पुगेकी हुन । फाल्गुनन्न ७ पाँचथर स्थायी घर भएकी चेमजोङ्ग उप सचिव हुन ।

लिला कुमारी केसी ‘पाण्डे’

ओखलढुँगाको सिद्धिचरण नगरपालिका गैरगाँउ घर भएकी लिलाकुमारी केसी २०५९ सालमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

०७५ वैशाख २३ गतेदेखि हालसम्म रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा उनी क्रियाशिल छन् । उनले मानविकीमा स्नातकोत्तर तह पास गरेकी छन् ।

हुमकला पाण्डे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुमकला पाण्डे अहिले भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनेकी छन् । गुल्मेली अधिकृत समाजकी सदस्य पाण्डे यसअघि अख्तियारको मकवानपुर कार्यालयमा प्रमुखको रुपमा कार्यरत थिइन् । त्यस लगत्तै उनी गृहमा आइन् ।

उपनिर्वाचनपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई मकवानपुर गरियो । उनको ठाउँमा सहसचिव हुमकला पाण्डे सिडिओ बनेर गएकी छन् ।

विनिता भट्टराई

हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई सर्लाही लालबन्दीकी स्थायी बासिन्दा हुन् । उनी अहिले हुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् । यसअघि उनी महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयमा कार्यरत थिइन् ।

अहिले भने विनिता हुम्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सक्रिय छन् ।

चन्द्रकला ओली

चन्द्रकला ओली २०७६ भाद्र ५ गतेदेखि तेह्रथुमको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् । उनी काठमाडौंको बुढानिलकण्ठ-१२ की स्थायी बासिन्दा हुन् ।

विभिन्न निकायको अनुभव बटुलेकी उनी भदौदेखि तेह्रथुममा प्रमुख जिल्ला अधिकारी जिम्मेवारी निर्वाह गरेकी छन् ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी हुने महिला कर्मचारीको संख्या पनि बढ्दै गएको छ । अहिले काभ्रेमा लक्ष्मीदेवी खतिवडा हुमागाईं, सिन्धुलीमा विजयाकुमारी प्रसाईं, रसुवामा सपनाकुमारी भट्टराई र डोल्पामा लक्ष्मीदेवी शर्मा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV