तमू ल्होसारमा विदा नदिए आन्दोलन गर्ने गुरुङ राष्ट्रिय परिषदको चेतावनी


SHARES

काठमाडौं । तमू ह्युल छोंज घीं गुरुङ राष्ट्रिय परिषदले तमू ल्होसारमा दिदै आएको सार्वजनिक विदा खारेजीको विरोध गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई ज्ञापन पत्र बुझाउँदै परिषदले तमू ल्होसार (पौष १५) लगायत अन्य आदिवासी जनजाति समुदायको चाडपर्वमा खारेजी भएको सार्वजनिक विदा यथाशिघ्र पुर्नस्थापित गर्न माग गरेको छ ।

माग सम्बोधन नभएमा लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै आन्दोलन गर्न बाध्य हुने र उत्पन्न परिस्थितिको स्वयं सरकार जिम्मेवार हुने परिषदका अध्यक्ष रेशम गुरुङले बताए ।

वर्तमान सरकारको गठन पश्चात अन्तरिम सरकारले आदिवासी जनजाति समुदायका चाडपर्वमा दिदै आएको पाँच दिन सार्वजनिक विदालाई खारेजी गरी एउटै सामाजिक र धार्मिक समुदायको चाडपर्वमा मात्रै सार्वजनिक विदो दिने प्रथाको विकास गर्दै गर्दा गणतन्त्र नै खोसिएको अनुभूति गरेको ज्ञापन पत्र उल्लेख छ ।

ज्ञापनपत्र बुझेपछि गृहमन्त्री थापाले आफूले सकभर सबै जातजातिका चाडपर्वमा विदा दिने प्रयास गर्ने प्रतिवद्धता जनाए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV