हामी १५ लाखमै डाक्टर उत्पादन गर्छौं : भक्तपुर नगरपालिका


SHARES

सञ्जय श्रेष्ठ

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिकामा १०–१५ लाखमा नै एमबिबिएस डाक्टर उत्पादन गर्ने बताएका छन् ।

नागरिक खबरसँग कुराकानी गर्दै प्रमुख प्रजापतीले नगरपालिकाले १०–१५ लाखमा नै एमबिबिएस डाक्टर उत्पादन गर्ने बताएका हुन् ।

‘अहिले एमबिबिएसको लागि ५०–६० लाखको कुरा आएको छ,’ उनले भने, ‘हामी १०–१५ लाखमा डाक्टर उत्पादन गर्न सक्छौं ।’

भक्तपुर नगरपालिकाले बिगत लामोसमय देखि सरकारसँग मेडिकल कलेज सञ्चालनको लागि अनुमति मागे पनि अहिलेसम्म सरकारले भक्तपुर नगरपालिकालाई मेडिकल कलेज सञ्चालनको अनुमति नदिएको गुनासो गरे ।

अहिले भक्तपुर नगरपालिकाले एउटा मावि र ६ वटा कलेज आफै संचालन गरिरहेको छ । उक्त विद्यालय तथा कलेजमा मनाङ बाहेक सबै जिल्लाका बिद्यार्थीहरुले अध्ययन गरिसकेको प्रमुख प्रजापतीले जानकारी दिए । भक्तपुर शिक्षाको हवको रुपमा स्थापित भएको उनको भनाइ छ ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज पुर्वाअन्चल विश्व विद्यालयको पहिलो र नाम चलेको इन्जिनियरिङ कलेज हो ।

नगरपालिकाले सरकारसँग मेडिकल कलेज संचालनको अनुमति मागेको तर अहिले सम्म आफूहरुलाई सरकारले संचालनको अनुमति नदिएको बताए ।

सरकारले कलेज सञ्चालनको अनुमति दिए नगरपालिकाले सबै व्यवस्थापन गर्ने प्रमुख प्रजापतीले जानकारी दिए । सबैभन्दा बढी खर्च भवन बनाउन लाग्ने तर आफूहरुसँग सबै भौतिक संरचना रहेको उनको दाबी छ । उनले प्रध्यापकलाई पनि सरकारी सेवा सुबिधा अनुसार नै सेवा सुविधा दिएको पनि जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV