धेरै महिलाहरु यौनमा असन्तुष्ट किन हुन्छन् ?


SHARES

एजेन्सी । प्रजनन् तथा यौन समस्याका विषयमा युवाहरु अहिले खुलेरै कुराकानी गर्न थालेका छन् । लाइफस्टाइलमा आफ्नो प्रजनन् तथा यौन जीवनलाई सुखमय बनाउन विभिन्न उपायको अललम्वन गरिरहेका छन् ।

यौन सन्तुष्टि नहुँनुका कारणका रुपमा सबैभन्दा बढी तनाव र विभिन्न प्रकारका रोगहरु मुख्य कारण रहेको विभिन्न अध्ययनले देखिएको छ ।

बेलायती चिकित्सकहरुको अध्ययनअनुसार साथीहरुको गलत संगत, खराब आचरण, आत्मविश्वासको कमी, उचित वातावरणको अभाव, घरायसी समस्याले निम्ताएको तनाव र शारीरिक रोगका कारणले गर्दा यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या देखिएको छ ।

महिलाहरुमा यो समस्या पुरुषको तुलनामा धेरै हुन्छ । धेरै महिला यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न चाहदैनन् । एसियाली मुलका महिलाहरुले यौन तथा प्रजनन् स्वास्थ्यलाई छलफलको विषय नै बनाउन नचाहने गरेको अध्ययनमा उल्लेख छ ।

महिलामा यौन सन्तुष्टि नहुनुको पछि मुख्यरुपमा घरायसी वातावरण हो । घरमा विभिन्न प्रकारका जिम्मेवारीले गर्दा महिलाहरु यौन तथा प्रजनन् स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् ।

धेरै महिलाले आफू यौनमा असन्तुष्ट भएको कुरा आफ्नो श्रीमानलाई समेत नभन्ने गरेको पाइएको छ । त्यसैले महिलाहरुले आफ्नो श्रीमानसँग यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा खुलेर छलफल गर्नुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका डेलिमेलले जनाएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २७ गते, मंगलवार

menu LIVE TV