जब संसदमै महिला मन्त्रीको अपमान भयो


SHARES

एजेन्सी । महिला सुरक्षा र मर्यादाको विषयमा केही दिनदेखि भारतीय संसद (लोकसभा) मा चर्को बहस भैरहेको छ ।

तर, त्यसक्रममा शुक्रबार तिनै महिलाको अपमान भएको छ ।

लोकसभामा केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति ईरानी सोही विषयमा जवाफ दिन लाग्दा दुई कांग्रेका सांसदले यस्तो कार्य गरे जसले संसदको कारवाही नै स्थगित गर्नुपर्‍यो ।

मन्त्रीको अपमान

केरलाबाट जितेका सांसदहरु टीएन प्रतापन र डीन कुरियाकोसे महिला मन्त्री इरानीको उग्र रुपमा विरोध गरेका थिए । भाजपा सदस्यहरूले यसलाई महिला मन्त्रीको अपमान भएको भन्दै माफी माग्न माग गरेका छन् ।

केन्द्रीय संसदीय कार्यमन्त्री प्रल्हाद पटेलले ती दुई सांसदहरुले तत्काल माफी माग्नुपर्ने भन्दै लोकसभा अध्यक्षलाई दबाब दिएका थिए ।

उनले यदि ती दुवै सदस्यहरुले सदनभित्र माफी नमागे उनीहरूलाई तत्काल निलम्बन गर्न समेत माग गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV