महिला म्याराथनमा पुष्पाले जितिन् रजत (भिडियो)



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ ।

नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् । उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।

स्पर्धामा श्रीलंका पहिलो हुँदै स्वर्ण जित्न सफल भएको छ । श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् ।

२ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरेकी भारतीय खेलाडी ज्योतीले तेस्रो हुँदै कास्य पदक जितेकी छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV