होटलमा युवतीमाथि सामुहिक बलात्कार, घटना लुकाउन यस्तो प्रयास


SHARES

एजेन्सी । भारतमा पछिल्लो समय सामुहिक बलात्कारका घटना ह्वात्तै बढेका छन् । राजस्थानको जयपुरमा बस्ने एक युवतीमाथि फेरि सामुहिक बलात्कार भएको छ । युवतीले बिरोध गर्दा उनलाई निर्घात कुटपिट गरिएको छ ।

इभेन्ट कम्पनीमा काम गर्ने ती युवतीलाई कार्यक्रममा लैजाने बहानामा आरोपीले होटलमा लगेर सामुहिक बलात्कार गरेका थिए । महेन्द्र नामका युवकको नेतृत्वमा चार पाँच जनाले सामुहिक बलात्कार गरेर युवतीलाई कुटपिट गरे ।

आफन्तलाई र पुलिसलाई खबर गरेमा ज्यान मार्ने धम्की दिएर आरोपीले बलात्कार गरेका थिए । बलात्कारपछि युवतीलाई शहर बाहिरको एक ठाउँमा लगेर छाडेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुलिसले आरोपीको खोजी सुरु गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV