मामा–भान्जी पक्राउ


SHARES

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुईजना पक्राउ परेका छन् ।

गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV