बागलुङको बरेङमा जिप दुर्घटनामा ११ जना घाइते


SHARES

  • केशवराज क्षेत्री

बरेङ । बागलुङको बरेङमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । हुग्दिशिर बराहकोटबाट बरेङ बजारतर्फ जाँदै गरेको जिप पोखराचौरमा पल्टिएको हो । बिहान सवा आठ बजेतिर सडकबाट १० मिटर तल बाँसको घारीमा जिप पल्टिएको थियो ।

ध १ज १८३ नम्बरको जिपमा सवार १३ जना मध्ये ११ जना घाइते भएका छन् । घाइते मध्ये ३ जना गम्भीर रहेका छन् ।  

दुर्घटनामा ४० वर्षीय श्यामबहादुर पुन र ३५ वर्षीया दीलकुमारी पुन सैनामैना , ६० वर्षीय मतीलाल श्रीष र तिलमाया श्रीष रुपन्देही बुटवल, बरेङ २का ३२ वर्षीय विष्णु श्रीष, १८ वर्षीया इच्छा श्रीष, ४० वर्षीया तिलकुमारी छन्त्याल, २६ वर्षीया कमला बिक, ३९ वर्षीया कमला पुन र जिप चालक अनिल घर्तीमगर रहेका छन् ।

त्यस्तै गुल्मी कालिगण्डकी ७ की २३ वर्षीया सुस्मा पुन पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये इच्छा, विष्णु, तिलकुमार छन्त्याल तथा तिलकुमारी पुन र कमला बिकलाई पोखरा रेफर गरिएको छ । 

पुनहरुको कुल पूजामा पुगेर फर्किदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैको हुग्दिशिर स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २७ गते, मंगलवार

menu LIVE TV