व्यावसायिक हवको विकास गर्ने चाहनालाई सहयोग गर्न आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले चीनको सियानमा चलिरहेको शिल्क रोड व्यवसायिक सम्मेलनमा चीन तथा दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास हुने नेपालको चाहनालाई सहयोग गर्न आग्रह गरेकी छन् ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा प्रोजेक्टस् एण्ड दी सस्टेनेवल डिभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिशिएटिभ विषयक विशेष शत्रलाई नेपाली निजी क्षेत्रको तर्फबाट संवोधन गर्दै अध्यक्ष राणाले धारणा राखेकी हुन् । शिल्करोड चेम्वर इन्टरनेशनल कमर्सको आयोजनामा चीनको सियानमा चलिरहेको छ ।

चीनले अगाडी सारेको वेल्ट एण्ड रोड इनिशिएटिभ(बीआरआई)मा सामेल करिव पाँच दर्जनभन्दा बढी देशका सरकारी तथा व्यवसायिक नेताहरूको प्रत्यक्ष सहभागिता रहेको छ । बीआरआई मार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास गर्न सकिने उनले बताएकी थिइन ।

आर्थिक रुपमा सशक्त भारत तथा चीनको बीचमा अवस्थित नेपालका अगाडी थुप्रै सम्भावना रहेको राणाको भनाइ थियो ।

दक्षिण एशियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको उल्लेख गर्दै अध्यक्ष राणाले वीआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै नेपालको करिव ३ करोडको बजार तथा चीन तथा भारतमा रहेको करिव ३ अर्व जनसंख्याको बजारबाट निकै ठूलो लाभ हासिल गर्न सक्ने सम्भाव्यता औल्याएकी थिइन ।

 नेपालको प्रमुख व्यापारिक साझेदार तथा लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी चीनबाटै रहेको भन्दै अध्यक्ष राणाले नेपालमा लगानी गरिरहेका चिनियाँ कम्पनीहरू सिनो हाइडो, जेटटीई, चाइना थ्री गर्जेज कर्पोरेशन, हुवाये, टिवेट एयरलाइन्स, होङ्गसीले निकै राम्रो व्यवसाय गरीरहेको अन्तराष्ट्रिय समुदाय समक्ष जानकारी गराएकी थिइन ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा नेपालमा पर्यटनको अपार सम्भाव्यता रहेको र यस क्षेत्रमा बीआरआई अन्तरगतका मुलुकहरूबाट लगानी आउन सके ठूलो लाभ उठाउन सकिने समेत राणाको भनाई थियो ।

 

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV