सभामुखको हैसियतमा उपसभामुखमा


SHARES

काठमाडौं । उपसमामुख शिवमाया तुम्वाङ्फेको अध्यक्षतामा आइतबार बसेको सिफारिस समितिले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र दुईजना आयुक्त गरी तीनजनाको नाम सिफारिस गरेको छ ।

प्रमुख आयुक्तमा पूर्वसचिव महेन्द्रमान गुरुङ र सदस्यमा कमला ओली र पत्रकार दीपक मैनाली नियुक्त भएको स्रोतले जनाएको हो ।

एक महिनापछि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन हुँदैछ । तर पदाधिकारी सिफारिस गर्नका लागि सभामुखको अध्यक्षता हुने भने पनि उपसभामुखले अध्यक्षता गरेकी छन् ।

तर उपसभामुखले भाग लिएर सिफारिस भएमा अवैधानिक हुने विज्ञले बताएका छन् ।

संविधानविद् भीमार्जुन आचार्यले भने, ‘उपसभामुखले बैठकको अध्यक्षता गर्न पाउँछ अर्थात कार्यविधिगत काम गर्न पाउँछ तर सारभूत कुरा गर्न पाउँदैन । उपसभामुखको अध्यक्षतामा सिफारिस गर्ने निर्णय हुनु अवैधानिक हुन्छ ।’

सभामुखको अध्यक्षतामा रहने सिफारिस समितिमा सञ्चारमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

सभामुखको हैसियतमा उपसभामुख शिवमाया तुम्वाहाङ्फेले अध्यक्षता गरेको बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पत्रकार महसंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थिति थियो ।

आजको नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV