एकाएक रणभूमि बन्यो कोहलपुर



काठमाडौं । दुर्घटनालाई लिएर बाँकेको कोहलपुर आइतबार दिनभरि रणभूमि बनेको छ ।

विद्यार्थीले सुरू गरेको आन्दोलनले उग्ररूप लिएपछि तोडफोड, आगजनी, गोली प्रहारदेखि निषेधित क्षेत्रसम्म घोषणा गरिएको छ ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटीबाट झरेर स्कुलतर्फ जाँदै गरेकी १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि घटनाको शुरुआत भएको थियो ।

ट्रकले खुट्टा कुल्चिदिएपछि गम्भीर घाइते भएकी प्रकृतिलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

आफ्नै आँखा अगाडि ट्रकले साथीलाई ठक्कर दिएपछि विद्यार्थी आक्रोशित भएका थिए ।

विद्यार्थीले ट्रकलाई तोडफोड गर्दै आगो लगाइदिएका थिए ।

त्यसपछि प्रहरीले विद्यार्थीलाई भगाउन लाठीचार्ज गर्नुका साथै स्कुलभित्रै पसेर विद्यार्थीलाई लछारपछार पारेको थियो ।

प्रहरीले बल प्रयोग गर्नेबित्तिकै ठूलो संख्यामा रहेका विद्यार्थीहरू उग्र बनेका थिए ।

विद्यार्थीले नेपालगन्ज–कोहलपुर रुटको कोहलपुरस्थित त्रिभुवन स्कुल अगाडि बसेर एक दर्जन गाडीलाई तोडफोड गरेका थिए ।

प्रहरीले विद्यार्थीलाई भगाउन हवाइफायर समेत गरेको थियो ।

विद्यार्थीलाई प्रहरीले लछारपछार गरेको देखेपछि स्थानीय बासिन्दा आक्रोशित हुँदै आन्दोलनमा मिसिएका थिए ।

आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV