पोखरामा सोनिकासँग पारसको मस्ती, भिडियाे भयाे भाइरल


SHARES

काठमाडौं । पूर्वयुवराज पारस शाहले युट्युबर सोनिका रोकाया (पूजा)सँग पोखरामा मस्ती गरेको गरेको भिडियो युट्युबमा आएको छ ।

केही समय पहिले युटुबर सोनिकाले पारससँग पोखरामा गरेको रमाइलोलाई भिडियो खिचेर युट्युबमार्फत् सार्वजनिक गरेकी छिन् ।

उक्त भिडियोमा उनीहरु हेलिकप्टरमा उडेकोदेखि सँगै रमाइलो गरेकोसम्म दृष्य समेटिएका छन् ।

भिडियोमा पारस एकदमै धेरै अनौपचारिक रुपमा प्रस्तुत भएका छन् । भने सोनिकाले उनीसँग विताएको क्षणलाई महत्वका साथ उजागर गरेकी छिन् ।

पछिल्लो समय सोनिका र पारसको सामिप्यतालाई लिएर सामाजिक सञ्जालहरुमा चर्चा परिचर्चा भइरहेका छन् ।

सोही क्रममा आफूलाई राजावादी नभन्न पारसले आफ्ना समर्थकलाई गरेको टिप्पणी पनि चर्चाको विषय बनेको थियो ।

 

 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV