मुख्यमन्त्री गुरुङले भने, ‘जे-जे पूर्वाधार चाहिन्छ, हामी बनाइदिन्छौ तर तपाईले इलम गर्नुपर्यो'



विरुवा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय व्यवस्था लागु भएपछि अहिले गाउँगाउँमा विकासका लहरहरु पुग्न थालेको बताएका छन् ।

बहुदल स्थापनापछिको ३० वर्षसम्म पनि जनता विकासको प्रतिक्षामा बसेपनि दुर्गम क्षेत्रमा पुग्न नसकेको तर संघीयता लागु भएको दुई बर्षभित्र दुर्गम क्षेत्रमा विकासका लहहरु पुग्न थालेको उनले जिकिर गरे ।

स्याङ्जाको विरुवा गाउँपालिकास्थित आम्बोटे पुल सिलान्यास र बास्तारा पुलको उद्घाटन गर्न आइतबार विरुवा पुगेका मुख्यमन्त्री गुरुङले विरुवामा मात्र संघीयता आएपछि दुई वटा पुल र अन्य थुपै्र विकासका योजनाहरु पाउनु यसको उदाहरण भएको बताए ।

उनले यस्ता विकासका कामहरु जनताले अझै पाउने समेत बताए । ‘बहुदल आएको ३० बर्षसम्म तपाईले सरकारको यस्ता योजनाहरु पाउनुभएको थियो ? थिएन’ उनले भने ‘जति गर्नुभो तपाईहरु आफैले गर्नुभो, अब संघीयता देशमा आइसकेको छ, प्रदेश सरकार तपाइको हातमा हात र साथमा साथ हिड्न आतुर छ । ’

संघीयता लागु भएपछिको पहिलो सरकार भएकाले आधार बनाउन केही समय लागे पनि अब भने प्रदेश सरकार नअल्मलिने बताए । उनले विरुवामा गाउपालिका ३ बर्ष भित्र प्रदेश सरकारले थप २ वटा पुल बनाउने दृढता समेत जनाए । ज्याग्दी खोला करिढोर र राङखोला विरुवा सडक स्तर उन्नति गरिदिने वाचा समेत गरे ।

मनकामना डाँडालाई प्रदेशको उत्कृष्ट गन्तव्यमा राखिने समेत बताए । मुख्यमन्त्री गुरुङले विकास विरोधी सवै शासन व्यवास्था जनताले फालिसकेको दृष्टान्त दिदै अब विकासको चरण सुरु भएको र त्यसमा सवै जनताले समेत साथ सहयोग रहनुपर्ने बताए ।

गाउँगाउँमा कृषि आनुधिक कृषि प्रणालीमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसका लागि प्रदेशले सवै बाताबरण बनाइदिन तयार रहेको बताए । ‘तपाईलाई कोल्ड स्टोर चाहिएला, तपाई विद्युत चाहिएला, तपाईलाई मोटरबाटो चाहिएला’ उनले थपे ‘जे जे पूर्वाधार चाहिन्छ त्यो हामी बनाइदिन्छौ तर तपाईले इलम गर्नुप¥यो, तपाईले जा“गर चलाउनुप¥यो कृषिमा विकास नभई हाम्रो समृद्ध हुन सक्दैनौ’ ।

सोही क्ष्ँेत्रका प्रदेश सांसद दिपक चर्तीमगरले गाउपालिकाको प्रत्येक ठाउमा विकास पु¥याउन आफुहरु लागिपरेको बताए । तर उनले सवै ठाउमा विकास पुग्न समय लाग्ने भएको धैर्य गर्न आग्रह गरे । अर्का प्रदेश सांसद मिन प्रसाद गुरुङले अव सबै मिलेर विकासमा लाग्नुपर्ने बताए ।

जनताको साथ सहयोग रहेमा धेरै विकास संभव भएको बताउदै फरक आस्थाको भरमा आएका विकास निर्माणको विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए । २ करोड २ लाखको लागतमा बास्तारा पुल निर्माण सम्पन्न भएको हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV