साना मरिन : २७ वर्षमा नगर प्रमुख, ३४ वर्षमा फिनल्याण्डको प्रधानमन्त्री

संसारमै कम उमेरकी प्रधानमन्त्री



एजेन्सी । ३४ वर्षीया साना मरिन फिनल्यान्डको प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्।

सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि प्रधानमन्त्री बनिन् ।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा यातायात मन्त्रीसमेत रहेकी उनी प्रधानमन्त्री बनेकी रोयटर्सले जनाएको छ ।

विश्वकै कान्छी प्रधानमन्त्री हुन्। उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको प्रमुख बनिन् ।

औद्योगिक क्षेत्रमा भएको हड्तालका कारण प्रधानमन्त्रीले राजीनामा दिएपछि मरिनले देशको नेतृत्व गर्ने अवसर आएको हो ।

उनले देश बनाउनका लागि आफूले जुनसुकै काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV