नेकपा सचिवालय बैठक सम्पन्न : यी हुन् पाँच महत्वपूर्ण निर्णय (भिडियोसहित)


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा पार्टी कार्यालय धुमबाराहीमा बसेको बैठकले सात दिनभित्र केन्द्रीय विभागको पूर्णता दिने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले विधान संशोधन प्रस्ताव स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । स्थायी कमिटीको बैठक मंसिर २९ गतेका लागि बोलाइएको छ । त्यसअघि २७ गते सचिवालय बैठक बस्ने तय भएको छ ।

सचिवालय बैठकले नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV