महिलाको विवाहपूर्वको शारीरिक सम्पर्क थाहा पाउन सकिन्छ ?



काठमाडौं । महिलाले विवाह अगाडि शारीरिक सम्बन्ध राखे/नराखेको कुरा थाहा पाउन सकिने हाम्रो समाजको मान्यता रहेको छ ।

पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको कुरालाई आधार मानेर पहिले यौन सम्पर्क भएको वा नभएको भन्ने अनुमान गर्ने चलन छ ।

महिलामा मात्र होइन्,पुरुषमा पनि लिंगको अगाडिको छाला फाटे/नफाटेको भन्ने कुराले पहिलो पटक शारीरिक सम्पर्क गरेको वा नगरेको भन्ने कुराको निष्कर्ष निकाल्ने गरिन्छ ।

नेपाली समाजमा यस्ता गलत धारणा रहेका छन् । यौन अंगबाट रगत आउनु वा नआउनु भन्ने कुराले पहिलो पटक शारीरिक सम्पर्क गरेको वा नगरेको भन्ने कुरा निर्धारण गर्न सकिदैन ।

गलत धारणाका कारण विवाहपछि श्रीमान् र श्रीमतीबीच पनि विवाद हुने गरेका घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।

माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत नआउने चिकित्सकहरु बताउँछन् ।

पुरुषको पनि लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि गलत हो । विवाहअगाडि यौनसम्पर्क राखेरनराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।

यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत भएको चिकित्सकहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV