नेपालको हारसँगै प्रशिक्षक खड्काले दिए राजीनामा


SHARES

 पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक (कोच) हरि खड्काले राजीनामा दिएका छन् ।

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन असफल भएपछि खड्काले नैतिकताको आधारमा मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।

पोखरामा सोमबार भएको फाइनल खेलमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो । फाइलन पराजयसँगै नेपाल रजत पदकमै सीमित बनेको छ ।

खेलपछि बोल्दै खड्काले भने, 'हारको जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।'

प्रशिक्षकबाट राजीनामा दिए पनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहने खड्काले बताएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV