सिद्धार्थ बैंकको ७५ लाख रुपैयाँसम्मको ऋण स्किम


SHARES

काठमाडौं । सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ७५ लाख रुपैयाँसम्मको ऋण स्किम ल्याएको छ ।

बंैकले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकियोस भनेर उक्त स्किम ल्याएको बैंकले जनाएको छ ।

यो ऋणमा पूर्व भुक्तानी शुल्क लाग्दैन भने चालु पूँजी र स्थायी सम्पतिको ८० प्रतितशतसम्म फाइनान्सिङ सुविधा रहेको जारी विज्ञप्तीमा उल्ले छ ।

बैंकले १० बर्षसम्मका लागि ऋण दिने छ । ब्याज दर भने उल्लेख गरेको छैन । बैंकले ऋण लिनेलाई निशुल्क क्रेडिट कार्डका साथै एसएमएस अलर्टलगायतका सुविधा दिने विज्ञप्तीमा छ ।

लकरमा पनि ५० प्रतिशत छुट पाइने छ । बैंकका १७५ शाखा, ४ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिदै आएकोछ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV