फुटबल क्रेजः फाइनल खेलको सबै टिकट बिक्री



काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भोलि (मंगलबार) पुरुष फुटबलको फाइनल खेल हुँदैछ । फाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली खेलाडीलाई हौसला दिनको लागि घरेलु मैदानमा हुने खेल प्रतक्ष्य रुपमा रंगशालामा नै गएर हेर्न चाहन्छन्, अधिकांश फुटबलप्रेमी । स्वर्ण पदकको लागि नेपाल र भुटानबीचको खेल मंगलबार ३ बजेदेखि सुरू हुनेछ ।

यसै सन्दर्भमा मंगलबार हुने फुटबल खेलको सबै टिकट सोमबार नै बिक्री भइसकेको इसेवाले जनाएको छ ।

इसेवाले सागको टिकट विक्री तथा व्यवस्थापनको जिम्मा लिएको छ ।

फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने छ ।

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएको हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV