बालिका बलात्कारको आरोपमा दीपेन्द्र महरा पक्राउ


SHARES

सप्तरी । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।

बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित एक लजमा लगेर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा महरालाई पक्राउ गरिएका प्रहरीले जनाएको छ ।

पक्रउा परेका महरालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV