'बेल्जियमका राजदूतले ज्ञापन–पत्र बुझ्न मानेनन्'


SHARES

काठमाडौं । बेल्जियमस्थित ‘नेपाली जनप्रगतिशील मोर्चा’ले बेल्जियमका लागि नेपाली रजदूतले समय दिएर पनि ज्ञापन–पत्र बुझ्न नमानेको भन्दै विरोध गरेको छ ।

मोर्चाले भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि समेटिएको भन्दै त्यसलाई सच्याउन र नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान आह्वान गर्दै ज्ञापन–पत्र बुझाउन लागेको थियो ।

नेपाली भूमिका भारतीय हस्तक्षेप भएको भन्दै त्यसमा चुप नबस्न तथा तत्काल पहल कदमी लिन नेपाल सरकारलाई आह्वान गर्दै ज्ञापन–पत्र बुझाउन लागेको थियो । त्यसका लागि समय निर्धारण पनि गरिएको तर त्यस्तो ज्ञापन–पत्र बुझ्न राजदूत थापाले अस्वीकार गरेको मोर्चाका अध्यक्ष मेखबहादुर गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘नेपालमाथि भारतले गरेको विविधखाले हस्तक्षेपका विरुद्ध र हालै भारतले नेपाली भूमि समेटेर तयार पारेको नक्सा सच्याउन तथा नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान आह्वान गर्दै बेल्जियमस्थित नेपाली समुदायका तर्फबाट भारतीय दूतावासअगाडि विरोध कार्यक्रम सम्पन्न गरिसकिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसरी निरन्तर रूपमा नेपालमाथि भारतीय हस्तक्षेप हुनुको प्रमुख कारण नेपाली सत्ताधारीहरूको आत्मसमर्पणवादी तथा दलाल चरित्र हो भन्ने हाम्रो ठहर छ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV